सुदूरपश्चिममा आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ७३ पुगे

सुदूरपश्चिममा आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ७३ पुगे

धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीको प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी २७ जनामा कोरोना पुष्टि भएको हो ।

धनगढीमा गरिएको परीक्षणमा कैलालीका १० र कञ्चनपुरका ८ जनामा कोरोना पुष्टि भएको हो । कैलालीको टीकापुर नगरपालिकाको क्वारेन्टिमा रहेका २०, ६३ र ३५ बर्षीय पुरुष र १८ बर्षीय युवतीमा कोरोना पुष्टि भएको छ ।

गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टिमा रहेका १९, २०, २४, २८ र ३२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यसैगरी धनगढी उप–महानगरपालिका वडा नम्वर ३ को त्रिभुवन माविको क्वारेन्टिमा रहेका ३२ बर्षीय पुरुष पनि संक्रमण पुष्टि भएको छ । 

यस्तै कञ्चनपुरको लालझाडी गाउँपालिकाका ३३ बर्षीय पुरुष, पुर्नवास नगरपालिकाका ३६, ५२, ३३ र ३५ बर्षीय पुरुषमा संक्रमण देखिएको छ । यस्तै आईविआरडीमा रहेको क्वारेन्टिनमा रहेका ३० र २८ बर्षीय पुरुष र महाकाली अस्पतालमा रहेका ५० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

यस्तै सुर्खेतमा गरीएको परीक्षणमा अछामका ९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ७३ पुगेको छ ।