भोलीदेखि पूर्ण रुपमा व्यवसाय सञ्चालन गर्ने कैलाली उद्योग वाणिज्य संघको चेतावनी

भोलीदेखि पूर्ण रुपमा व्यवसाय सञ्चालन गर्ने कैलाली उद्योग वाणिज्य संघको चेतावनी

धनगढी : कैलाली उद्योग वाणिज्य संघले विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्ड पालना गर्ने सर्तमा व्यवसाय सञ्चालनको वातावरण बनाउन माग गरेको छ । निरन्तरको लकडाउनका कारण सम्पुर्ण व्यवसाय धरासयी भएको उल्लेख गर्दै स्थानीय प्रशासनलाई व्यवसाय सञ्चालनको वातावरण बनाउन माग गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीलाई ज्ञापनपत्र बुझाउँदै संघले सामाजिक दूरी कायम गरी निर्वाध रुपमा व्यवसाय सञ्चालनको वातावरण बनाउन माग गरेको छ । सरकारले २५ गतेभित्रै कर बुझाउन समेत निर्देशन दिएकाले व्यवसायीमा दवाव परेकाले अझ लकडाउन लम्बियमा व्यावसायीहरु मानसिक रोगी भई दुर्घटना हुन सक्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

प्रशासनले व्यवसाय सञ्चालनको अनुमती नदिए भोलीदेखि पूर्ण रुपमा व्यवसायी स्वयमले आफ्नो व्यवसाय सञ्चालन गर्ने समेत संघले चेतावनी दिएको छ । साथै त्यसपछिको सृजना हुने अवस्थाको संघ जिम्मेवार नभई सरकार जिम्मेवार हुनु पर्ने बताईएको छ ।