अछाम जिल्लामा फेरी आज ९ जना कोरोना संक्रमित थपिए

अछाम जिल्लामा फेरी आज ९ जना कोरोना संक्रमित थपिए

अछाम : अछाम जिल्लामा फेरी आज थप ९ जना कोरोना संक्रमित थपिएका छन । सुर्खेत प्रयोगशालामा गरिएको पिसिआर परिक्षणका क्रममा ९ जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले जानकारी दिए ।

मेल्लेख गाउपालिका वडा नम्बर ४ कुष्कोटको क्वारेन्टाईनमा बसिरहेका मेल्लेख गाउपालिका वडा नम्बर ४ कुस्कोटका ३०, २२, २९,४०, ३५, २७ र २४ बर्षका पुरुष र २७ बर्षिय महिलामा कोरोनाभाईरस संक्रमण पुुष्टि भएको हो ।

त्यसैगरी मंगलसेन नगरपालिका वडा नम्बर ४ का २३ बर्षिय युवामा पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देब जोशीले बताए । जिल्लामा संक्रमित हुनेको संख्या ११ पुगेको छ ।