बैतडीमा क्वारेन्टाइनमा एक महिलाको मृत्यु, कोरोना परिक्षण गरिने

बैतडीमा क्वारेन्टाइनमा एक महिलाको मृत्यु, कोरोना परिक्षण गरिने

बैतडी : बैतडीमा एकजना क्वारेन्टाइनमा बसेका ब्यक्तिको मृत्यू भएको छ । जिल्लाको पुरचौडी नगरपालिका ४ भटनास्थित मालिका माध्यमिक बिद्यालयको क्वारेन्टाइनमा बसेका भटनाकै २२ बर्षिय सुनिता लुहारको मृत्यू भएको हो ।

मुटु रोगको बिरामी रहेका लुहारको आज बिहान ५ बजे मृत्यू भएको भटना स्वास्थ्यचौकी इन्चार्ज रोहित कुमार धानुकले बताए ।

लुहारको अवस्था हिजो सामान्य रहे पनि आज बिहानै मृत्यू भएको उनले बताए । मृतक लुहार जेठ १६ गते गौरिफन्टा नाकाबाट आउनुभएकोमा १८ गतेदेखि क्वारेन्टाइनमा बसेकी थिइन् । मृतक सहित संगै बसेका ४ जनाको स्वाब संकलन गरि कोरोना परिक्षण गरिनेछ ।