बर्दियामा ११ वर्षे बालिका भारतीयबाट बलात्कृत

बर्दियामा ११ वर्षे बालिका भारतीयबाट बलात्कृत

गुलरिया  : बर्दियाकी एक बालिका भारतीय नागरिकबाट बलात्कृत भएकी छन् ।

बढैयाताल–८ की ११ वर्षीया बालिका बाख्रा चराउन जंगल गएको बेला बलात्कारमा परेकी हुन् ।

उहाँलाई भैंसी चराउन जंगल आएका दुई जना भारतीयले बलात्कार गरेको एसपी मोहनप्रसाद मैनालीले जानकारी दिनुभयो ।

बलात्कार गर्नेहरुलाई एक घण्टाभित्रै पक्राउ गरिएको एसपी मैनालीले बताएका छन ।पीडित बालिकाको स्वास्थ्य परीक्षण गराएको र उहाँको अवस्था खतरामुक्त रहेको बर्दिया प्रहरीले जनाएको छ ।