विश्वमा कोरोना महामारी : मृतकको संख्या ३ लाख ७७ हजार नाघ्यो

विश्वमा कोरोना महामारी : मृतकको संख्या ३ लाख ७७ हजार नाघ्यो

विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार नाघेको छ । ६३ लाख ६१ हजार संक्रमित मध्ये लाख २९ लाख बढी उपचार पछि निको भएका छन् ।

सक्रमित मध्ये ५३ हजार ३ सय बढीको अवस्था गम्भीर रहेको छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ६ हजार ९ सय नाघेको छ ।

संक्रमितको संख्या १८ लाख ५८ हजार बढी छ । बेलायतमा २ लाख ७६ हजार संक्रमित मध्ये ३९ हजार बढीको मृत्यु भएको छ । इटालीमा २ लाख ३३ हजार संक्रमित र ३३ हजार ४ बढीको मृत्यु भएको छ । ब्राजिलमा ५ लाख २९ हजार बढी संक्रमित हुंदा करिब ३० हजार बढीको मृत्यु भएको छ ।

चीनमा ८३ हजार कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३४ छ । रसियामा ४ लाख १४ हजार बढी संक्रमितमा मृत्यु हुनेको संख्या ४ हजार ८ सय नाघेको छ ।

यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९८ हजार नाघ्दा ५ हजार ६ सय बढीको मृत्यु भएको छ ।