चौरपाटी गाउँपालिकामा मात्रै आज दुईजनामा कोरोना संक्रमण पुष्टि, लकडाउनलाई कडाई गरिने

चौरपाटी गाउँपालिकामा मात्रै आज दुईजनामा कोरोना संक्रमण पुष्टि, लकडाउनलाई कडाई गरिने

अछाम : अछाम जिल्लाको चौरपाटी गाउँपालिकामा मात्रै दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त गाउँपालिकाको वडा नं.२ सोकटमा ३३ वर्षीय र ३१ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सुर्खेत प्रयोगशालामा गरिएको परिक्षणका क्रममा ३१ वर्षीय युवकमा कोरोना पुष्टि भएको जनाइएको छ । उनको दुई दिन अघि मात्रै स्वाव परिक्षणको लागि सुर्खेत पठाएको थियो । यसैगरी धनगढी प्रयोगशालामा गरिएको परिक्षणका क्रममा वडा नं.२ सोकटकै एक ३३ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो ।

धनगढी स्थित प्रयोगशालमा उनको पिसिआर चेकजाँचका क्रममा कोरोना भाईरस पोजिटिभ देखिएको गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदले बताए । यस्तै अन्य १७ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । उनी जेठ १२ गते भारतबाट चौरपाटी पुगेका थिए ।

कोरोना पोजिटिभ देखिएका ती युवकलाई भोली मात्रै उपचारको लागि जिल्ला अस्पताल मंगलसैन लिने तयारी भएको अध्यक्ष साउदले जानकारी दिए । यस्तै गाउँपालिकाको आकस्मिक वैठकले मंगलबार बाट एक वडाबाट अर्को वडामा जान पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।

वैठकले कोरोना संक्रमित युवकसँग सम्पर्कमा रहेका सम्पूर्ण व्यक्तिको पिसिआर चेकचाँजको लागि स्वाँव धनगढी पठाउने निर्णय समेत गरेको छ ।  कोरोना संक्रमित ति व्यक्तिको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

यस्तै मोटरसाईकलदेखि अन्य यातायाताका साधनहरु पनि पूर्ण रुपमा प्रतिबन्धि लगाईएको छ । सरकारी कार्यालय र वैंक पनि अनिश्चित कालसम्मको लागि बन्द गरिएको छ ।