नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८ सय ११ पुग्यो

नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८ सय ११ पुग्यो

नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमितको संख्या १८ सय ११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपराह्न एक विज्ञप्ति जारी गर्दै थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् ।

सहप्रवक्ता डा अधिकारीका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु पाल्पा निस्दी गाउँपालिकाका १७ र ३६ वर्षका दुईजना पुरुष, नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षीय बालक, गुल्मी रेसुंगा गाउँपालिकाका २६ वर्षका पुरुष रहेका छन् ।

यस्तै कपिलवस्तु मायाँदेवी गाउँपालिकाका १९,२१,२६,२६, २७, ३५ र ४० वर्षका पुरुषहरु र रुपन्देही गैडहवा गाउँपालिकाका ३ वर्षीया बालिका र ५४ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि आजै नियमित लाइभ अपडेटमा स्वास्थ्य मन्त्रालयले थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित लाइभ अपडेट मार्फत नेपालमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ पुगेको छ भने हालसम्म नेपालमा कोरोनाका कारण ८ जनाको ज्यान गएको छ ।