आज एकैपटक थपिए २२६ कोरोना संक्रमित, नेपालमा कुल संख्या १,७९३ पुग्यो

आज एकैपटक थपिए २२६ कोरोना संक्रमित, नेपालमा कुल संख्या १,७९३ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सोमबार थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । यो अहिलेसम्मकै धेरै संख्या हो ।  

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार ७९३ पुगेको जनाए । संक्रमित हुनेमा दैलेखका ४१ जना, कपिलवस्तुका ४०, सर्लाहीका ३८, जुम्लाका १९, रौटहतका १८, कैलालीका १४, सल्यानका १०, दाङका ९, बाँकेका ७, धनुषाका ७ जना रहेका छन ।

यस्तै सुर्खेतका ५, सिरहाका ५, नवलपरासी पूर्वका ३, झापाका २, महोत्तरीका २, मकवानपुरका १, उदयपुरका १, अछामका १, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ३३ हजार ९७५ रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार ५ सय ६९ जना रहेको छ ।

मन्त्रालयका अनुुसार सोमबारसम्म नेपालमा आरडिटी विधिबाट १ लाख १३ हजार ७५७ नमुना परीक्षण भएका छन् । पिसिआर विधिबाट भने हालसम्म ७१ हजार ९ सय ३ परीक्षणहरु गरिएका छन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ ।