बच्चाका लागि आमाले आफैलाई बेचेपछि...

बच्चाका लागि आमाले आफैलाई बेचेपछि...

आफ्नो बच्चाको खुशीको लागि एउटी आमाले जे पनि गर्न सक्छिन् भन्ने उदाहरण हैम्पशायरमा देखिएको छ । यहाँ एक आमाले आफ्नो सन्तानलाई क्रिसमसको उपहार दिन आफैले आफैलाई बिक्रि गरेकी छिन् । मेगन क्लारा सिंगल आमा हुन् र उनले सानो सानो काम गर्दै हप्तामा ८० पाउन्ड कमाउने गर्छिन् ।

थोरै आम्दानीले सबैको इच्छा पु¥याउन गाह्रो हुन्छ त्यस्तै उनलाई पनि गाह्रो भएकोले उनले यस्तो गर्न बाध्य भएकी हुन् । अरु धनाढ्यको छोरा छोरीको मंहगो उपहार देखेर आफ्नो बच्चाले झगडा गर्ने गरेकाले दुखी भएर उनी आफै पोर्न स्टार बनेकी हुन् ।

अहिले भने क्लारा व्यस्क फिल्ममा काम गर्छिन् जुन कामबाट एक सिनको ५ सय पाउण्ड पाउँछिन् । यसरी पैसा कमाएको जम्मा गरेर क्लाराले आफ्नो छोरालाई १५ सय पाउण्डको शानदार उपहार दिएकी छिन् ।

उनले आफुले कमाएको पैसा धुम्रपान , रक्सीमा खर्च नगरी आफ्नो बच्चाको लागि खर्च गर्न चाहेको बताएकी छिन् । उनले भनेकी छिन् । आफ्नो छोरालाई धेरै माया गछर््, म परफेक्ट छैन तर असल आमा बन्न पुुरै कोशिश गर्नेछु ।