धनगढी : आईतबार कैलालीको भजनी र टीकापुरमा कोरोना संक्रमण पुष्टि भएका दुईजनालाई आज धनगढीको सेती प्रादेशिक अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार भजनी प्राथमिक स्वास्थ्य केन्द्र र टीकापुर अस्पतालको आइसोलेसनमा राखिएका दुवैजनालाई आज धनगढी ल्याईएको हो ।
जानकी गाउँपालिका ९ का ३४ वर्षीय पुरुषमा र भजनी नगरपालिका ७ का २३ वर्षीय पुरुषमा आईतबार कोरोना पुष्टि भएको थियो ।