रुसमा कोरोना संक्रमितको संख्या ४ लाख नाघ्यो

रुसमा कोरोना संक्रमितको संख्या ४ लाख नाघ्यो

करिब ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ४ लाख ५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

एकै दिन ९ हजार २६८ जनामा संक्रमण देखिएसँगै रुसमा संक्रमित हुनेको संख्या ४ लाख ५ हजार ८४३ पुगेको हो। पछिल्लो २४ घण्टामा १३८ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४ हजार ६९३ पुगेको छ ।

२ लाख २९ हजार २६७ जनाको उपचार भइरहेको छ भने १ लाख ७१ हजार ८८३ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।