सुदूरपश्चिममा २ बर्षीया बालिकाको कोरोनाबाट मृत्यु, आमा पनि संक्रमित

सुदूरपश्चिममा २ बर्षीया बालिकाको कोरोनाबाट मृत्यु, आमा पनि संक्रमित

बाजुरा : बाजुराको जिल्ला अस्पताल आइसोलेसनमा राखिएको बालिकाको कोरोनाबाट मृत्यु भएको छ । बुढिगंगा १ घर भएका २ बर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो ।

उनको सेती प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरी पठाएको थियो । आइतबार दिउँसो आएको रिपोर्टमा उनको कोरोनाका कारणले मृत्यु भएको सुदुरपश्चिम स्वास्थ्य निर्देशानलयले जनाएको छ ।

मृतक बालिकाकी २३ बर्षीय आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमालाई पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

मृतक बालिका आमा र बुवालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । तीनै जनाको स्वाब धनगढी पठाइएको थियो ।