ब्राजिलमा एकै दिन ३० हजार जनामा कोरोना भाइरसको संक्रमण

ब्राजिलमा एकै दिन ३० हजार जनामा कोरोना भाइरसको संक्रमण

करिब पाँच महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा २८ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८९० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २८ हजार ८३४ पुगेको छ ।

एकै दिन ३० हजार १०२ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ४ लाख ९८ हजार ४४० पुगेको छ । २ लाख ६४ हजार २३४ जनाको उपचार भइरहेको छ भने २ लाख ५ हजार ३७१ जना संक्रमण मुक्त भएका छन् ।