कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा स्वाब परीक्षण गरिएकामध्ये कालिकोटमा १७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
प्रतिष्ठानको प्रयोगशाला विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कालिकोट शुभकालिका गाउँपालिकाका १२ जना र महावै गाउँपालिकाका ५ जना रहेका छन् । त्यस्तै बाजुरा जुजनाथ पाँचका १ जनामा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ ।
यसैगरी यस अघि देलेखको दुल्लुमा क्वरेन्टीनमा बसेर मृत्यु भएका ३५ वर्षीय पुरुषको रिपोर्ट समेत पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।