कोरोनाको सङ्क्रमण र ज्यान गुमाउने बढिरहेकै बेला लकडाउन खुकुलो बनाउने निर्णय

कोरोनाको सङ्क्रमण र ज्यान गुमाउने बढिरहेकै बेला लकडाउन खुकुलो बनाउने निर्णय

कोरोना भाइरसको सङ्क्रमण र ज्यान गुमाउने संख्या बढिरहेकै बेला भारतले लकडाउन केही खुकुलो बनाउने निर्णय गरेको छ ।

भारत सरकारले सोमबारदेखि रेस्टुरेण्ट, होटल, शपिंग सेन्टर र पूजा गर्ने ठाउँहरूलाई खुला गर्न अनुमति दिने भएको छ । लकडाउन हटाउने तीन चरणको योजनाको पहिलो चरणमा धेरै क्षेत्रहरूमा पुनः खोल्न अनुमति दिएको बीबीसीले जनाएको छ ।

यस्तै जुलाई महनिा अर्थात एक महिनापछि बिद्यालय तथा कलेजहरुमा पढाइ शुरु गर्ने पनि तयारी गरेको खबरमा उल्लेख छ । लकडाउनलाइ खुकुलो बनाउने बताएपनि भारतमा सङ्क्रमण निकै बढेको छ ।

आज बिहानसम्म भारतमा एक लाख ८१ हजार आठ सय भन्दा धेरैमा सङ्क्रमण भएको छ भने पाँच हजार एक सय ८५ जनाको ज्यान गएको छ । भारतमा गएको २४ घण्टामा मात्र आठ हजार तीन सय भन्दा धेरै नयाँ बिरामी थपिएका छन् ।

यसैबीच विश्वमा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या तीन लाख ७० हजार नाघेको छ । २ सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट ६१ लाख ५३ हजार चार सय भन्दा धेरैमा सङ्क्रमण भएकोमा तीन लाख ७० हजार आठ सय भन्दा धेरैको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ । २७ लाख २९ हजार भन्दा धेरै सङ्क्रमित उपचारपछि निको भएका छन् ।