नेपालमा कोरोनाको संक्रमणबाट सातौं व्यक्तिको मृत्यु

नेपालमा कोरोनाको संक्रमणबाट सातौं व्यक्तिको मृत्यु

शनिबार बिहान दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।  कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा। लक्ष्मी नारायण तिवारीले मृतक युवाको पीसीआर रिपोर्ट पोजिटिभ आएको पुष्टि गरेका हुन् । 

भारतको गुजरातबाट १० दिन अघि फर्किएका ३५ वर्षीय युवक दुल्लु नगरपालिका ११ का स्थायी बासिन्दा हुन् । उनको शनिबार बिहान चिया खाइसकेपछि मृत्यु भएको दुल्लुका मेयर घनश्याम भण्डारीले बताए ।

उनी बसेकै क्वारेन्टाइनमा ७९ जनासँगै बसेका छन् । कर्णाली प्रदेशमा कोरोनाका कारण यो पहिलो मृत्यु हो । नेपालमा कोरोनाकै कारण यसअघि नै छ जनाको मृत्यु भइसकेको छ । उनीसहित मृतकको  संख्या सात पुगेको छ ।