धनगढी प्रयोगशालाबाट आज १ सय ५७ जनाको कोरोना परिक्षण रिपोर्ट आयो

धनगढी प्रयोगशालाबाट आज १ सय ५७ जनाको कोरोना परिक्षण रिपोर्ट आयो

धनगढी : सुदूरपश्चिम प्रदेशमा शनिबार १ सय ५७ जनाको कोरोना परिक्षण गरिएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार पीसीआर बिधिबाट पछिल्लो २४ घण्टामा १ सय ५७ नमूनाको कोरोना परिक्षण गरिएकोमा सबैको पीसीआर परिक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

पीसीआर बिधिबाट कोरोना परिक्षणका लागि अहिले सम्म ६ हजार ८१ थ्रोट स्वाव नमूना संकलन गरिएकोमा ५ सय ४५ नमूनाको नतिजा आउन बाँकी रहेको छ ।

जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले पछिल्लो २४ घण्टामा आरडीटी बिधिबाट १ सय ९९ नमूनाको कोरोना परिक्षण भएको जानकारी दिए ।