सिमामा निशुल्क फोन रिचार्ज र ब्याट्री चार्जको सुविधा

सिमामा निशुल्क फोन रिचार्ज र ब्याट्री चार्जको सुविधा

धनगढी । धनगढीको त्रीनगर नाका भएर आईरहेका नेपालीहरुलाई त्रिनगर सीमा नाकामा निशुल्क रिचार्ज, फोन र चार्जको सुविधा दिईएको छ ।

बोलन्या थली र दृष्टि फाउण्डेसनको सहकार्यमा भारतबाट आएकाहरुलाई यो सुविधा उपलब्ध गराइएको हो  । भारतबाट आएकाहरुलाई प्रति व्यक्ती २० रुपैया रिचार्ज गरिएको हो ।

पछिल्लो समय लकडाउनका कारण भारतका विभिन्न सहरहरूमा अलपत्र परेका नेपालीहरू स्वदेश आउने क्रम जारी छ । 

आज मात्र तीन सय जनालाई रिचार्ज, ६० जनालाई पिसिओ सेवा र एक सय ५० जनालाई फोन चार्जको सुविधा दिईएको बोलन्या थलीका  संयोजक  यादव जोशीले बताउनुभयो  ।