नेपालमा आज थप १८९जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो

नेपालमा आज थप १८९जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो

नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लो २४ घन्टामा २५७५ जनाकफ पिसिआर परीक्षण गरिएको थियो। ती परीक्षणका क्रममा देशका विभिन्न जिल्लामा नयाँ संक्रमित थपिएका हुन्। आज थपिएका १८९ सहित नेपालमा संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ।

नेपालमा हालसम्म सबैन्दा धेरै संक्रमित थपिएका आज नै हो। शुक्रबार १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो।

नेपालमा कुल संक्रमितमध्ये हालसम्म ६ जनाको मृत्यु भइसकेको छ। संक्रमण देखिएकामध्ये २१९ जना उपचारपछि निको भइसकेका छन्। आज १३ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या २१९ पुगेको हो।