उद्योग मन्त्री भट्टको पहलमा २४ हजार आरडिटि कीट सुदुरपश्चिम आउदै

उद्योग मन्त्री भट्टको पहलमा  २४ हजार आरडिटि कीट सुदुरपश्चिम आउदै

धनगढी । स्वास्थ मन्त्रालयले २४ हजार आरडिटि कीट सुदुरपश्चिम प्रदेशका लागि पठाउने भएको छ । सोमबार सम्म धनगढी पुग्ने गरि मन्त्रालयले आरडिटि कीट पठाउने तयारी भएको जनाइएको छ । 

भारत बाट पछिल्लो समय हजारौंको संख्यामा नेपालीहरु भित्री रहेको अवस्थामा आरडिटि कीट अभावका कारण कोरोनाको जोखिम हुने भन्दै प्रदेशबासी त्रसित बनिरहेको अवस्थामा कीटको उपलब्धता पछि र्यापिड टेस्टलाइ तिव्रता दिन सहज हुनेछ । 

नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको पहलमा कीट सुदुरपश्चिम प्रदेश ल्याउने निश्चित भएको हो । मन्त्री भट्टका प्रमुख स्वकीय सचीव हितेश ओझाका अनुसार सोमबार सम्म २४ हजार कीट धनगढी पुग्ने छ ।

उहाँका अनुसार एक साता भित्र थप आइडिटी र पिसिआर कीट समेत सुदुरपश्चिम ल्याइने छ । कीट आएपछि कोरोनाको जोखिम रोकथाममा सहयोग पुग्ने बिश्वास व्यक्त गरिएको छ ।

हाल प्रदेशका विभिन्न जिल्लामा भारत बाट दैनिक हजारौंको संख्यामा नागरिकहरु बिना टेस्ट भित्रीरहेका छन भने उनीहरुलाई स्थानीय तहले क्वारेन्टाइनमा राखी निगरानी गरिरहेका छन ।