एमसिसी संसदबाट पारित नभएसम्म यससँग सम्बन्धीत काम रोक्ने नेकपा सचिवालयमा समझदारी

एमसिसी संसदबाट पारित नभएसम्म यससँग सम्बन्धीत काम रोक्ने नेकपा सचिवालयमा समझदारी

संसदमा एमसिसी परियोजना विचाराधीन रहेकोले अनुमोदन नहुँदासम्म त्यसअन्तर्गतका कामहरू रोक्ने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले निर्णय गरेको छ।

शनिबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सचिवालय बैठकका निर्णय सञ्चारकर्मीलाई सुनाउँदै प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले एमसिसी अनुमोदन नहुञ्जेल त्यसअन्तर्गतका काम रोक्ने बताए।

‘एमसिसी अन्तर्गतका कामहरू जति अनुमोदन भएपछि गर्नुपर्ने काम छन् ती अनुमोदन भएपछि नै गर्ने समझदारी भएको प्रवक्ता श्रेष्ठले बताए । उनले संसदबाट एमसिसी अनुमोदन नहुँदासम्म त्यसअन्तर्गतका काम रोक्ने जानकारी दिए ।