धनगढीको बिशाल नगरमा मृत महिला फेला, हत्याको आशंका

धनगढीको बिशाल नगरमा मृत महिला फेला, हत्याको आशंका

धनगढी : धनगढी उपमहानगरपालिका–३ विशालनगरमा एक महिला मृत अवस्थामा फेला परेको छन् । शनिबार विहान २४ बर्षीय जयन्ती जैशीको झुण्डीएको अवस्थामा मृत फेला परेको हो । घरको भान्सा कोठामा झुण्डीएको अवस्थामा मृत महिला फेला परेको प्रहरीले जनाएको छ ।

हत्याको आशंकामा परिवारका ३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । मृतक महिलाका श्रीमान, सासु र नन्द लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनको शव पोष्टमार्टमका लागि अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ । परिवारका सदस्यहरुको संलग्तामा हत्या भएको भन्दै माईती पक्षले किटानी जाहेरी दिने तयारी गरेका छन । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।