धनगढीको त्रिभुवन माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाईन सुदूरपश्चिमकै नमूना

धनगढीको त्रिभुवन माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाईन सुदूरपश्चिमकै नमूना

‘एकातिर बेखर्ची भएँ, अर्कोतिर कोरोनाको त्रासले भारतबाट लखेटिनुपर्ने अवस्था भयो । त्यहाँबाट फर्किने क्रममा बाटोमा बाच्छु जस्तो पनि लागेको थिएन । १२ हाजर ऋण झिकेर बसको भाडा तिरेँ ।

अरु पैशा नभएर बाटो भोकभोकै सीमासम्म पुगेँ’ धनगढी ३ का बबर धानुकले धनगढी पुग्दासम्मको कष्ट सुनाउँदै भने, ‘मरे आफ्नै देशको माटोमा मरौंला भनेर फर्किएँ । यहाँको क्वारेन्टाइनको सुविधा र माया देखेर असाध्यै खुसी लागेको छ ।’

धनगढीमा बोराडाँडी नजिक त्रिभुवन मावि । गेटमा फलामको ठुलो ढोका । चौतर्फी इटाको पर्खाल र त्यसैभित्रबाट मगमग खानाको परिकारको सुगन्ध आइरहेको छ । जुन परिकारले भारतबाट आएका ३५ जना धनगढी उपमहानगरपालिका वडा नं. ३ का क्वारेन्टाइनमा बस्नेहरुलाई आनन्दित बनाएको छ । उनीहरु स्वादिलो भोजन पाउँदा र घरको जस्तै ओछ्यान पाउँदा हर्षित छन् ।

जेठ ११ गतेबाट सुरु गरिएको यस क्वारेन्टाईनमा विहान ८ बजे चिया, नास्ता ९अण्डा, मकै, चना०, दिउँसो ११ बजे दाल, मसिनो चामलको भात, तरकारी, मिक्स भेज र साझ ७ बजे खाना खुवाउने गरेको समाजसेवी राजबहादुर चन्दले बताए ।

सुदुरपश्चिममै नमुना कोरेन्टाईन बनाएको दावी वडा अध्यक्ष बलबहादुर ऐरको छ । दिउँसोतिर वडा अध्यक्ष भारतबाट आएकाहरुलाई छुट्टाछुटै ढसना, सिरक, तन्ना, सावुन, ब्रस, झुल लगाएतका सामाग्री ओसार्दै थिए । उनको अहिलेको दिनचर्या नै यही बनेको छ ।

आफ्नो वडाका बासिन्दाहरुलाई सुरक्षित राख्न उनले हरसम्भव प्रयत्न गरेका छन् । यस कार्यमा उनलाई वडा सदस्य ओमविक्रम चन्दलगाएतले दिनरात पुर्ण सहयोग गरिरहेका छन् । क्वारेन्टाईनमा सावुन, ब्रस, टुथपेस्ट, सोडा लगाएतका सामाग्री अभाव हुन नदिएको वडाध्यक्ष ऐर बताउँछन् ।

महिलाको लागि बेग्लै शौचालयको व्यवस्था मिलाएको, महिनावारी हुँदा सेनिटेरी प्याडको व्यवस्था मिलाएको, क्वारेन्टाईनमा निशुल्क इन्टरनेट सेवा उपलब्ध गराइएको ऐरले जनकारी दिए । क्वारेन्टाईन भवनको सुरक्षाका लागि भवन वाहिर फलामको तारबार गरेको उनी बताउँछन् ।

स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै हाइजेनिक खाना उपलब्ध गराइदै आएको उनले बताए । देश बाहिरबाट आएकाहरुलाई १४ दिन अनिवार्य राख्ने र प्रदेश सरकारसंग समन्वय गरेर उनीहरुको परीक्षणको व्यवस्था मिलाएर मात्र घर पठाउने उनले जानकारी दिए ।

उनले अब आउन लागेका वडाका नागरिकलाई आउनेबारे पुर्व सुचना दिनसमेत आग्रह गरेका छन् । नाकाबाट सुरक्षित रुपमा क्वारेन्टाईनमा ल्याउने उनले जानकारी दिए । विश्वलाई नै कोरोनाले अक्रान्त बनाएको अवस्थामा नेपाल पनि अछुतो छैन ।

दुई महिनाअघिदेखि लकडाउन जारी रहेको अवस्थामा अवस्थामा वडाको जनप्रतिनिधिको हैसियतले वडावासीको स्वास्थ्य सुरक्षाका लागि हरसम्भव काम गरिरहेको वडाका वडासदस्य ओमविक्रम चन्दले बताए । क्वारेन्टाईनको सुरक्षाको लागि प्रहरी पनि खटिरेहेको उनले जानकारी दिए ।

विवि हेल्पिङ ह्याण्डस फर ह्युमानिटीका प्रदेश सल्लाहकार राजबहादुर चन्द र अध्यक्ष भतmबहादुर भण्डारीले वडाध्यक्षसहितको समूहलाई पुरापुर सहयोग गरेका छन् । हातेमालो गरेका । आर्थिक सहयोग जुटाएर सामग्री उपलब्ध गराएका छन् ।

‘यहाँको क्वारेन्टाइन व्यवस्थापनका लागि आवश्यक सामग्रीका साथै पहाडी जिल्ला जाने बसमाका यात्रीहरुलाई पानी र चाउचाउ वितरण गरिरहेका छौं’ चन्दले भने, ‘यहाँको क्वारेन्टाइनमा खाना पकाउनको लागि चार जनाको टिम बनाएर सुरक्षित रुपमा पकाउने व्यवस्था मिलाएका छौ ।’

‘हाम्रो क्वारेन्टाईन सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट क्वारेन्टाइन हो भन्ने हाम्रो दावी हो’ वडा सदस्य ओमबिक्रम चन्दले भने, ‘१४ दिन पुगेपछि सरकारले सबैलाई परीक्षण गर्ने व्यवस्था मिलाइ दिए हुन्थ्यो ।’