रुसमा ३ लाख ८७ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण

रुसमा ३ लाख ८७ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण

करिब पाँच महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ३ लाख ८७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

एकै दिन ८ हजार ५७२ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख ८७ हजार ६२३ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २३२ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४ हजार ३७४ पुगेको छ ।

२ लाख २३ हजार ९९२ जनाको उपचार भइरहेको छ भने १ लाख ५९ हजार २५७ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।