ब्राजिलमा कोरोना भाइरसको संक्रमणले २७ हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा कोरोना भाइरसको संक्रमणले २७ हजारभन्दा बढीको मृत्यु

पाँच महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा २७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार १८० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २७ हजार ९४४ पुगेको छ ।

एकै दिन २९ हजार ५२६ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ४ लाख ६८ हजार ३३८ पुगेको छ ।

२ लाख ४७ हजार २१३ जनाको उपचार भइरहेको छ भने १ लाख ९३ हजार १८१ जना संक्रमण मुक्त भएका छन् ।