बैतडीमा आगलागी हुँदा करीब ७० हजार बराबरको खर पराल जलेर नष्ट

बैतडीमा आगलागी हुँदा करीब ७० हजार बराबरको खर  पराल जलेर नष्ट

बैतडी : बैतडीमा विनापानीको दमकल राखिने गरिएको पाइएको छ । पाटन नगरपालिका– ४ बस्ती जोलाबाँजमा आज बिहान आगलागी हुँदा पानीविनाको दमकल आगो निभाउन पुगेको हो ।

आगलागी भएको खबर पाउने वित्तिकै पाटन नगरपालिकाको दमकल घटनास्थलमा गए पनि पानी नभएका कारण फर्केर पानी भरेपछि पुन दमकल ल्याइएको स्थानीयवासी राजेन्द्र विष्टले बताउनुभयो ।

स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा थिइएको थियो । दमकलमा पानी नभएका कारण बढी क्षति भएको भन्दै स्थानीयवासीले असन्तुष्टी जनाएका थिए ।

पानीविनाको दमकल घटनास्थल पुगेपछि स्थानीय बासिन्दा आक्रोसित भएका थिए । गाईवस्तुका लागि हिउँदमा खुवाउन जम्मा गरेको पराल र खर आगलागीबाट जलेर नष्ट भएको थियो ।

स्थानीय शेरसिंह महराको खरको थुप्रो र परालमा आगलागी हुँदा करीब ७० हजार बराबरको खर र पराल क्षति भएको पाटनस्थित इलाका प्रहरी कार्यालय जनाएको छ ।