कारोना भाइरस वीर्यबाट सर्दैन, तर...

कारोना भाइरस वीर्यबाट सर्दैन, तर...

कोरोना भाइसरबाट जोगिन व्यक्तिगत दुरीलाई महत्वपूर्ण उपायका रुपमा लिइँदै आएको छ । यसका लागि धेरै देशहरूले लकडाउन र आइसोलेसनको तरिका अपनाउँदै आएका छन् । तर, संयुक्त राष्ट्र जनसंख्या कोषले विभिन्न अध्ययनहरूलाई आधार मानेर यो बताएको छ कि महिनौं लामो  लकडाउनका कारण अनावश्यक गर्भधारण, बाल विवाह र महिला हिंसाका घटनाहरू बढ्न सक्छन् ।

युएनएफपीएको एक रिपोर्टअनुसार  कम र मध्यम आय भएका देशका मानिसहरूलाई लकडाउनमा आधुनिक गर्भनिरोधक साधनहरूको पहुँचमा समस्या हुन सक्छ र यसले गर्दा अनावश्यक गर्भधारण हुन सक्छ ।

महिनौ‌ंको लकडाउनले महिलामा स्वास्थ्य समस्या आउने र बालविवाह अन्त्य गर्ने कार्यक्रममा ढिलाइ हुने र त्यसको परिणामस्वरूप अर्को दशकसम्म बालविवाहका घटनाहरू बढ्न सक्ने दाबी गरिएको छ ।

वीर्यमा कोरोना पाइएन तर‘

यसैबीच चीनमा गरिएको एक अध्ययनले यौनसम्पर्कबाट कोरोना भाइरस नसर्ने देखाएको छ । चीनको वुहानमा ३४ जना कोभिड-१९ बाट निको भइसकेका पुरुषमा गरिएको अध्ययनमा उनीहरूको वीर्यमा कोरोना भाइरसका जीवाणु पाइएको थिएन ।

यो गुण यसअघि इबोला तथा जिका भाइरसको भन्दा फरक हो । इबोला भाइरस मानिसको वीर्यमा साढे दुई वर्षसम्म बाँच्न सक्ने पाइएको थियो । त्यस्तै, जिका भाइरस संक्रमणको केही महिनासम्म पनि मानिसको वीर्यमा रहन सक्ने पाइएको थियो ।

यो अध्ययन ३१ देखि ४९ वर्षको उमेर समूहका कोभिड( मानिसमा गरिएको थियो । उनीहरूमा संक्रमण पुष्टि भएको करिब एक महिनापछि यो अध्ययन गरिएको थियो । तर, यो क्रममा उनीहरूको वीर्यमा भाइरसको जीवाणु नपाइएको हो ।

यो अध्ययन निकै सीमित रहेको र यसले पसिना तथा मानिसको र्‍यालबाट भाइरस सक्ने सम्भावनाको विषयमा भने केही उल्लेख गरेको छैन ।

साथै, यो अध्ययन कोरोना भाइरस मिल्ड लक्षण देखिएका कोरोना भाइरसका बिरामीमा गरिएको हो ।

त्यसैले भाइरसको गम्भीर लक्षण देखिएका मानिसमा यसको असर पर्छ भन्ने विषयमा कस्तो असर पर्छ भन्ने थाहा पाउन नसकिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

मानिसको वीर्यमा कोरोना भाइरस भेटिएन भन्दैमा यौन सम्पर्कबाट कोरोना नसर्ने चाहिँ होइन । दुईजनाबीच हुने चुम्बन वा आपसी संसर्गका माध्यमबाट भाइसर सर्न सक्ने भएकाले आफ्नो जोडीमा संक्रमण छ भने त्यस्तो बेलामा यौन सम्पर्क गर्न नहुने र दुरी कायम गरेर टाढै बस्नुपर्ने चिकित्सकहरूले सुझाएका छन् ।