दर्ता भएन राजपाको संविधान संशोधन विधेयक

दर्ता भएन राजपाको संविधान संशोधन विधेयक

संसद सचिवालयले गैरसरकारी विधेयकका रुपमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न अस्वीकार गरेको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरु संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका थिए । तर संसदका महासचिव भरतराज गौतमले सभामुखसँग पनि परामर्श गर्नुपर्ने भन्दै दर्ता गर्न मानेनन् ।

उनले आइतबार दर्ता हुने नहुने जानकारी दिने बताएको राजपाका नेता नेता केशव झाले बताए । सरकारले नयाँ नक्साअनुसार निशान छाप संशोधन गर्न संविधान संशोधन विधेयक शुक्रबार संसद सचिवादयमा दर्ता गरेको थियो ।

विधेयकबारे सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा राजपा नेताहरुले मधेसको माग पनि सम्बोधन गर्न आग्रह गरेका थिए ।

तर सरकारले आफ्नो माग सम्बोधन गर्ने सम्भावना नदेखेपछि राजपा नेताहरुले शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा फेल भएको विधेयकलाई नै फेरि दर्ता गर्न खोजेको छ ।