कोरोना जितेर फर्किनेको सङ्ख्या पनि बढ्दै, अहिलेसम्म २०६ जना निको

कोरोना जितेर फर्किनेको सङ्ख्या पनि बढ्दै, अहिलेसम्म २०६ जना निको

नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त भएर घर फिर्नेको सङ्ख्या बढ्दै गएको छ । आज दाङबाट आठ जना, पाटन अस्पतालबाट सात जना, काठमाण्डौको टेकु अस्पताल र बलम्बुको अस्पतालबाट दुई/दुई जना गरी १९ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा एक सय ६२ जना पुरुष र ४४ जना महिला गरी कोरोना जित्नेको सङ्ख्या दुई सय ६ पुगेको छ ।

नेपालमा अहिलेसम्म ५२ जिल्लामा सङ्क्रण देखिएकोमा सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय १२ पुगेको छ । मन्त्रालयका अनुसार आज एकैदिन एक सय ७० जनामा कोरोना पुष्टि भएको हो ।

आज थप एक जनाको कोरोनाको कारण ज्यान गएको पुष्टि भएसँगै कुल मृतकको सङ्ख्या ६ पुगेको छ ।