कोरोना भाइरस भगाउनका लागि पुजारीले दिए मानव बली

कोरोना भाइरस भगाउनका लागि पुजारीले दिए मानव बली

कोरोना भाइरसको प्रकोप अहिले सारा विश्वमै बढ्दै गईरहेको छ । यो महामारीलाई रोक्नका लागि वैज्ञानिकहरु औषधि बनाउन खटिरहेका छन् भने देशले लकडाउन गरेका छन् ।

यसैबीच भारतको ओडिशामा एक मर्माहित घटना सार्वजनिक भएको छ । त्यहाँस्थित एक मन्दिरमा एक पुजारीले कोरोना भाइरस भगाउनका लागि एक व्यक्तिको घाँटी काटेर बली दिएका छन् ।

ओडिशाको कटक जिल्ला स्थित बन्धहुन्डा गाउँमा यो घटना भएको हो । त्यहाँ रहेको मन्दिरका एक पुजारीले भगवानले उसलाई सपनामा आएर मानव बली दिएपछि कोरोनाको कहर नष्ट हुने बताएपछि उनले त्यसो गरेको बताएका छन् ।

व्राह्मणी देवी मन्दिर परिसरमा पुजारीले सरोज कुमार नामक एक व्यक्तिको बली चढाएका हुन् । आरोपी पुजारीलाई अहिले गिरफ्तार गरेर अनुसन्धान भईरहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।