विदेशमा रहेका नागरिक फर्काउने गृहकार्य सुरु, १० दिनभित्र सूची तयार पारिने

विदेशमा रहेका नागरिक फर्काउने गृहकार्य सुरु, १० दिनभित्र सूची तयार पारिने

सरकारले भारतसहित विभिन्न मुलुकमा रहेका नागरिक स्वदेश ल्याउने गृहकार्य सुरु गरेको छ । भारतको सीमावर्ती इलाका अड्किएका नेपाली भने स्वदेश आउने क्रम सुरु भइसकेको छ ।

शुक्रबार बसेको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले तत्काल फर्कनुपर्ने नागरिकको पहिचान गर्न र सूची तयार गर्न दश दिनको समय तोकेको छ । परराष्ट्रमन्त्रालयले भारतसहित विभिन्ने तेस्रो मुलुकमा रहेका र जरुरी कामले स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नागरिकको पहिचान सूचीकरण गर्ने छ ।

“परराष्ट्र मन्त्रालयलाई दश दिनभित्र फर्कनुपर्ने नागरिकको सूची तयार गर्न जिम्मा दिएको छ,” बैठकपछि समितिका रहेका एक मन्त्रीले भने ।

सरकारलेले पहिलो चरणमा विदेशमा उपचार गर्न गएका, विदेशमा रोकिएर काजकिरिया गर्न नपाएका, कार्यक्षेत्रबाट निकालिएर अलपत्र हालतमा रहेका नागरिकलाई प्राथमिकतामा राखेको छ ।

विभिन्न देशमा रहेका त्यस्ता नागरिकको सूची तयार पार्ने जिम्मा परराष्टर्ले लिएको र दश दिनभित्र पहिचान र सूचीकृत गरिसक्ने ती मन्त्रीले बताए ।

मन्त्रिपरिषद् बैठकले बनाएको कार्यविधिअनुसार केही होटल, रेस्टुराँलाई पनि क्वारेन्टाइन स्थल बनाइने छ । त्यसको जिम्मा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जिम्मा दिइएको छ ।