नदी कटान नियन्त्रणका लागि लागु हुने कार्यक्रमको सांसद रानाको अगुवाईमा अनुगमन

नदी कटान नियन्त्रणका लागि लागु हुने कार्यक्रमको सांसद रानाको अगुवाईमा अनुगमन

धनगढी : धनगढी उपमहानगरपालिकामा नदी कटान नियन्त्रणका लागि लागु हुने नयाँ कार्यक्रमको प्रतिनिधि सभाका सांसद नारदमुनी रानाको अगुवाईमा अनुगमन गरिएको छ । 

Narad Muni

एशियाली विकास बैंकको १ अर्ब ऋण सहयोगमा मोहना र खुटीया नदीको कटान नियन्त्रणका लागि लागु हुन लागेको कर्यक्रमको कैलाली, ५ बाट निर्वाचन सांसद रानाको अगुवाईमा अनुगमन गरिएको हो । 

Naarad Muni

अनुगमनमा सांसद रानासगै सुदूरपश्चिम प्रदेशका सांसद तथा विधायन तथा प्रदेश मामिला समितिका सभपति नेपालु चौधरी, प्रदेश सांसद सुशिला बुढाथोकी, धनगढी उपमहानगरपालिकाका वडाध्यक्ष, लागु हुने नया कार्यक्रमको हेर्ने जिम्मेवारी पाएको जनता तटबन्ध कार्यक्रम फिल्ड कार्यालय कञ्चनपुरका प्रमुख प्रचण्ड देव विष्ट, प्राविधिक लगायतको टोलीले नदी कटानको उच्च जोखिममा रहेका एक दर्जन बढी क्षेत्रको स्थलगत अनुमगन गरेको हो । 

Naarad Muni

मोहना र खुटीया दोभानसम्मका उच्च जोखिमयुक्त एक दर्जन बढी ठाउँमा उक्त टोली पुगेको थियो । 
अनुगमनपछि आयेजना कार्यान्वयन र अपुग बजेटको लागि पहल गर्ने सांसद रानाले प्रतिबद्धता जनाउनुभयो । उहाँले कार्यक्रमकाो चाडो कार्यान्वयका लागि पहल गर्ने बताउनुभयो । 

अब एशियाली विकास बैँकको एक अर्ब ऋण सहयोगमा वडा नम्बर ९, १३, १४, १५, १८, १९ लगायत कटानको उच्च जोखिममा रहेका दर्जन बढी ठाउँ भरपर्दो क्रमागत तटबन्धन गरिने जनता तटबन्ध कार्यक्रम फिल्ड कार्यालय कञ्चनपुरका प्रमुख प्रचण्ड देव विष्टले जानकारी दिनुभयो । 

धनगढी उपमहानगरपालिका तीन तिरबाटै नदीले घेरीएको क्षेत्र भएकाले यस क्षेत्रका स्थानीयले डुवान र कटानको बर्षेनी समस्या झेल्दै आएका छन् । केही बर्ष अघि जनताकने तटबन्धन कार्यक्रम लागु भए पनि त्यसको प्रभावकारीता भने खासै हुन सकेको छैन । बर्षेनी सयौँ विघा जमिन र धनगढीका कयौँ वस्तिहरु नदीकै कारण विस्थापित हुने गरेका छन् । 

धनगढी उपमहानगरपालिकामा २०७१÷०७२ बाट सुरु भएको जनता तटबन्धन कार्यक्रम पनि जारी छ । तर त्यसले नदी नियन्त्रणका लागि उपयुक्त पहल हुन सुकेको छैन । 

त्यसैले अव नया कार्यक्रमको रुपमा लागु हुन लागेको कार्यक्रमले धनगढीमा मोहना र खुटिया नदीले गर्दै आएको कटान नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।