कोरोना संक्रमण देखिएका थप एक जनाको मृत्यु, मृतकको संख्या ६ पुग्यो

कोरोना संक्रमण देखिएका थप एक जनाको मृत्यु, मृतकको संख्या ६ पुग्यो

नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार अर्घाखाँचीका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो।

भारतबाट नेपाल आउने क्रममा ती व्यक्तको मृत्यु भएको हो। नेपाल प्रवेश भएसँगै जेठ ११ गते ती व्यक्तको नमुना लिइएको थियो। स्वाब परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको डा देवकोटाले जानकारी दिए। 

यो सहित नेपालमा कोरोना भइरसको संक्रमण देखिएकाको मृत्युको संख्या ६ पुगेको छ। डा देवकोटाका अनुसार नेपालमा थप १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

आज थप भएका १७० सहित नेपालमा संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ। पछिल्लो समय थप १९ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या २०६ पुगेको डा देवकोटाले जानकारी दिए।