धनगढी बाट मदिरा लगेर जोगबुढा जादै गरेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मदिरा लिएर जोगबुढा जादै गरेको से १ ख १३७० नम्बरको ट्रकलाई फल्टुडे प्रहरीले नियन्त्रणमा लिएको हो ।
ट्रकबाट एक लाख ८ हजार बराबरको मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ । सिमेन्ट सरिया बोकेको ट्रकमा मदिरा लुकाई छिपाई लगिरहेको अवस्थामा मदिरा बरामद गरिएको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक माधव बिश्वकर्माले जानकारी दिए ।
मदिरा व्यवसायी तेज बहादुर बोहरा र चालक खगेन्द्र साउँदलाई पक्राउ गरि आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाईएको फल्टुडे प्रहरीले जनाएको छ ।