अमेरिकामा एकै दिन २२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

अमेरिकामा एकै दिन २२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

करिब पाँच महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार २१३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ३ हजार ३२० पुगेको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २२ हजार ३१३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १७ लाख ६८ हजार ११६ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ४ लाख ९८ हजार ६७६ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ६६ हजार १२० जनामध्ये १७ हजार २०२ जनाको अवस्था गम्भीर रहेको छ ।