डडेल्धुरामा सडक छेउमा राखेको ट्रकको टायर चोरी भएपछि...

डडेल्धुरामा सडक छेउमा राखेको ट्रकको टायर चोरी भएपछि...

डडेल्धुरा : लकडाउनका बेला सडक छेउमा राखेको ट्रकको टायर चोरी गर्ने गिरोह प्रहरीले नियन्त्रणमा लिएको छ । तराई पहाड जोड्ने भिमदत्त राजमार्गको आलिताल गाउँपालिका १ मेलखर्कमा रोकिराखेको ट्रकको टायर चोरी गर्ने गिरोहलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

बुधबार बिहान सवा ६ बजेको समयमा मेलखर्क्स्थित भिमदत्त राजमार्ग सडक खण्डमा केही खराबी आएपछि रोकिराखेको ना ६ ख ६१६० नं.को ट्रकको टायर चोरी गरिरहेको अवस्थामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

बाँके जिल्ला राप्तीसोनारी गाउँपालिका १ बस्ने प्रेम बहादुर कुमाल, प्रेम डाँगी र अनमोल विकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  उनीहरुसहित चोरी गर्न प्रयोग गरेको लु १ ख ९७४१ नं. को ट्रक समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई चोरी मुद्दा दर्ता गरी १० दिनको म्याद थप गरेर अनुसन्धान कार्य अघि बढाइएको प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए ।