सुदूरपश्चिमका सात जिल्लामा २१ जना कोरोनाबाट संक्रमित कुन जिल्लाका कति ?

सुदूरपश्चिमका सात जिल्लामा २१ जना कोरोनाबाट संक्रमित कुन जिल्लाका कति ?

धनगढी : सुदूरपश्चिम प्रदेशका नौ जिल्ला मध्ये सात जिल्लामा कोरोना भाइरसका विरामी फेला परेका छन । प्रदेशका सात जिल्लामा संक्रमितको सङख्या २१ पुगेको छ । आज मात्रै थप चार जनामा कोरोना पुष्टि भएपछि संक्रमितको सङख्या २१ पुगेको हो ।

आज कैलालीको जानकी गाउँपालिकाका २५ र ३० बर्षीय पुरुष, दार्चुलाको महाकाली नगरपालिकाका २१ बर्षीय पुरुष र बझाङका ५५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।

बझाङका संक्रमितको सुर्खेतमा परीक्षण भएको हो भने अन्य तीन जनाको धनगढी प्रयोगशालामा परीक्षण गरिएको हो । अहिलेसम्म कैलालीमा १० जना, बैतडीमा ५, अछाममा दुई, दार्चुला, बझाङ, कञ्चनपुर र डडेल्धुरामा एक÷एक जनामा कोरोना पुष्टि भएका छन ।

त्यसमध्ये पाँच जना संक्रमित भने निको भएर अस्पतालबाट डिस्चार्ज भईसकेका छन । अन्य १६ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन । यस प्रदेशका दुई जिल्ला बाजुरा र डोटीमा अहिले सम्म कोरोना संक्रमित देखिएका छैनन् ।

भारतबाट आएका व्यक्तिहरुको सिमामा कोरोना परिक्षण नगरिदाँ सुदूरपश्चिम प्रदेशमा जोखिम बढेको छ ।