स्वास्थ्य मन्त्रालयद्धारा पाँचौ कोरोना संक्रमितको मृत्युको पुष्टि

स्वास्थ्य मन्त्रालयद्धारा पाँचौ कोरोना संक्रमितको मृत्युको पुष्टि

कोरोना भाइरसका कारण नेपालमा थप एकको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।

नियमित प्रेस मिटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यसको पुष्टि गरेका हुन् ।यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । ललितपुरको किस्ट मेडिकल कलेज (शिक्षण अस्पताल) मा उपचारको क्रममा उनको बुधबार मुत्यु भएको थियो ।

ललितपुर महानगरपालिका–२२ बुङमतीका ५६ वर्षीय ती व्यक्तिको उपचारकै क्रममा मृत्यु भएको हो । उनी कलेजोसम्बन्धी रोगबाट ग्रसित थिए । उनी कलेजोसम्बन्धी रोगबाट ग्रसित थिए ।