अमेरिकामा कोरोनाभाइरसबाट मर्नेको संख्या एक लाख नाघ्यो, कहाँ चुक्यो अमेरिका ?

अमेरिकामा कोरोनाभाइरसबाट मर्नेको संख्या एक लाख नाघ्यो, कहाँ चुक्यो अमेरिका ?

अमेरिकामा कोरोनाभाइरसबाट मर्नेको संख्या एक लाख नाघेको छ । अनि संक्रमितको संख्या लगभग १७ लाख छ । 

संसारभरि कुनै अन्य देशमा यति धेरै मानिसको मृत्यु भएको छैन । महाशक्ति राष्ट्र अमेरिकामा यस्तो स्थिति कसरी आयो भनी मानिसहरू आश्चर्यमा परेका छन् । 

सबै किसिमका स्रोतसाधन तथा विश्वस्तरीय स्वास्थ्य सुविधा भएको अमेरिकालाई कोरोनाभाइरसले कसरी यस्तो निरीह बनायो रु भाइरसको गम्भीरतालाई बुझ्न अमेरिका कहाँ चुक्यो वा जानीबुझी यो लापरवाही गरिएको हो रु जे भए पनि सर्वसाधारण अमेरिकीहरूले यसकारण धेरै समस्या भोगिरहनुपरेको छ । 

अमेरिकाले शुरूमा कोरोनाभाइरसलाई गम्भीरतापूर्वक लिएन । राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाको प्रभाव अमेरिकीहरूमा धेरै नपरेको बताइरहे । अन्य देशले कोरोना रोकथाममा कडा कदम चालिरहँदा ट्रम्पले लकडाउन लगाउन मानेनन् । 

अमेरिकामा कोरोनाको पहिलो केस जनवरी महिनामा आएको भए पनि परीक्षणको गति अत्यन्त सुस्त रह्यो । दुई महिनामा संक्रमण बढ्दै जाँदा कोरोना परीक्षण बढाइयो । अमेरिका एक्लैल डेढ करोडभन्दा बढी परीक्षण गरेको भनी ट्रम्पले केही दिनअघि फुर्ती पनि लगाएका थिए ।

अमेरिकामा मेडिकल किटको अभाव, मास्क र भेन्टिलेटरको कमी पनि भयो र जोखिमपूर्ण स्थितिमा काम गर्नुपरेको भनी चिकित्सकहरूले प्रदर्शन पनि गरे । डायग्नोस्टिक किटमा अनेकथरी समस्या देखिएपछि परीक्षणमा पनि असर पर्‍यो र कोरोना फैलिने अवसर पायो ।

अन्य देशको तुलनामा अमेरिकामा सामाजिक दूरी पनि ढिलो गरी पालन गरियो । कोलम्बिया विश्वविद्यालयको एक अध्ययनअनुसार, सामाजिक दूरीका उपाय छिट्टै अपनाइएको हुन्थ्यो भने लगभग ३६ हजारजनाको ज्यान जोगिन सक्थ्यो । 

अनि संसारभरिका मानिसले कोरोनाबाट जोगिन मास्क लगाइरहँदा अमेरिकीहरू चाहिँ मास्क लगाउन जरूरी छ कि छैन भनी बहस गरिबसे । व्यक्तिगत स्वतन्त्रताको नाममा सार्वजनिक स्थानमा समेत उनीहरू मास्क नलगाइकन हिँडे । ट्रम्प आफैंले सार्वजनिक स्थानमा मास्क लगाउन मानेनन् । 

लकडाउन खोल्नका लागि अमेरिकामा धेरै हतारो गरियो । त्यसैपनि अमेरिकामा कडा लकडाउन लगाइएन । ट्रम्प अहिले लकडाउन पूरै हटाउनुपर्ने बताइरहेका छन् ।