दार्चुलामा पहिलो पटक २१ वर्षीय पुरुषमा कोरोना देखियो

दार्चुलामा पहिलो पटक २१ वर्षीय पुरुषमा कोरोना देखियो

दार्चुला : दार्चुलामा पहिलो पटक २१ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । जेठ ८ गते धारचुला नाकाबाट भित्रिएका महाकाली नगरपालिकाका २१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनी भारतको दिल्लीबाट आएको बुझिएको छ ।

युवकको ढिलो गरी आएको (पीसीआर) रिपोर्टमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए । जेठ ८ गते धारचुलाको नाका खुलाइ उनी संगै ३१९ जना भित्रिएका थिए । २१ वर्षीय युवक महाकाली नगरपालिकाको क्वारेन्टाइनमा बसेको थिए । उनी संगै बसेका अन्यको रिपोर्ट आउन बाकी रहेको छ ।

कोरोना सक्रमितको जिल्ला अस्पत्ताल दार्चुलामा उपचार भइरहेको अस्पताल श्रोतले जनाएको छ । तर उनको कोरोना पुष्टि नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने छ ।