भारतबाट फर्किएका नेपालीहरुको उद्धार गरी अछाम जादैँ गरेको बस दुर्घटना

भारतबाट फर्किएका नेपालीहरुको उद्धार गरी अछाम जादैँ गरेको बस दुर्घटना

भारतबाट फर्किएका नेपालीहरुलाई लिएर अछाम गएको बस दुर्घटनामा परेको छ । भारतबा विभिन्न शहरबाट फर्किएर धनगढी पुगेका मजदुरलाई लिएर अछाम जादै गरेको ना ५ ख २५९० नम्बरको बस चौरपाटी गाउँपालिकाको वडा नम्बर ७ मार्कुमा आज विहान दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार दुर्घटनाग्रस्त बसमा सवार २८ जना मजदुर सकुसल रहेका छन् ।