सुदूरपश्चिममा थप ३ जनामा कोरोना सङ्क्रमण पुष्टि

सुदूरपश्चिममा थप ३ जनामा कोरोना सङ्क्रमण पुष्टि

धनगढी : सुदूरपश्चिममा थप ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धनगढी प्रयोेगशालामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङख्या २० पुगेको छ ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले तीन जना सङ्क्रमित थपिएको पुष्टि गर्नुभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ ।

नयाँ सक्रमितमध्ये दुई जनाको टीकापुर र एक जनाको दार्चुला अस्पतालमा उपचार भइरहेको छ । नयाँ सङ्क्रमितहरुको संख्याका बारेमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले संसदको बैठकमा जानकारी गराएका हुन् ।