रियलमी एक्स ५० प्रोको प्ले इडिसन सार्वजनिक, ३५ मिनेटमै १०० प्रतिशत चार्ज हुने

रियलमी एक्स ५० प्रोको प्ले इडिसन सार्वजनिक, ३५ मिनेटमै १०० प्रतिशत चार्ज हुने

रियकमीले चीनमा ‘एक्स ५० प्रो प्ले’ स्मार्टफोन सार्वजनिक गरेको छ । यो फोन रियलमी एक्स ५० प्रोको  सस्तो भर्सन रहेको छ । 

६.४४ इन्च फुल एचडी प्लस डिस्प्ले रहेको यस फोनलाई कर्निङ गोरिल्ला ग्लासद्वारा सुरक्षित गरिएको छ । यसमा क्वालकमको स्न्यापड्रयाग्न ८६५ प्रोसेसर प्रयोग गरिएको छ । यो फोन ६ जीबी, ८ जीबी र १२ जीबी र्‍याममा उपलब्ध रहेको छ । भने १२८ जीबी इन्टर्नल स्टोरेज रहेको छ । 

यसमा एन्ड्रोइड १० अपरेटिङ सिस्टम प्रयोग गरिएको छ । इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर रहेको यस फोनमा ४२०० एमएएचको ब्याट्री प्रयोग गरिएको छ ।

यसमा ३५ मिनेटमै १०० प्रतिशत चार्ज र तीन मिनेट चार्ज गरेमा १ घण्टा फोन गर्न सकिनेछ । यस फोनमा फाइभजी सपोर्टको साथै सेपरेट गेमिङ मोडको समेत सुविधा रहेको छ । 

रियलमी एक्स ५० प्रोको प्ले इडिसनमा ४८ मेगापिक्सेल मेन क्यामेरा सहित क्वाड क्यामेरा सेटअप रहेको छ । यसमा डुअल सेल्फी क्यामेरा रहेको छ । जसमा १६ मेगापिक्सेलको प्राइमरी सेन्सरसँगै २ मेगापिक्सेलको डेप्थ सेन्सर रहेको छ ।  

यो फोन कालो र सिल्भर कलरमा उपलब्ध रहेको छ । रियलमी एक्स ५० प्रो प्लेको सुरुवाती मूल्य २,६९९ युआन रहेको छ । चीनमा जुन १ देखि स्मार्टफोन बिक्री हुनेछ ।