धनगढीमा ५ बर्षीया बालिका बलात्कारको आरोपमा ६८ बर्षीय वृद्ध पक्राउ

धनगढीमा ५ बर्षीया बालिका बलात्कारको आरोपमा ६८ बर्षीय वृद्ध पक्राउ

धनगढी : धनगढीमा ५ बर्षिया बालिका करणीको आरोपमा ६८ बर्षिय बृद्ध पक्राउ परेका छन् ।

धनगढी उप–महानगरपालिका ४ कि ५ बर्षीया बालिकालाई करणी गरेको आरोपमा उदयपुर गाईघाट ४ स्थायी घर भएका ६८ बर्षिय स्पन्दन राईलाई जिल्ला प्रहरी कार्यालय कैलालीले शनिबार साँझ पक्राउ गरेको हो ।

केहि समय देखि धनगढीमा आफन्तको घरमा बस्दै आएका राईले शनिबार घरमा कोही नभएको समयमा बालिकालाई करणी गरेको आरोप लागेको छ ।

पीडित परिवारले प्रहरीलाई उजुरी गरेपछि प्रहरीले वृद्धलाई पक्राउ गरेको थियो । अहिले बालिकाको स्वास्थ्य परिक्षण गरिएको र त्यसको रिर्पाेट नआएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभूषण तिमिल्नेसाले बतानुभयो ।