ब्राजिलमा कोरोना भाइरसको संक्रमणले २५ हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा कोरोना भाइरसको संक्रमणले २५ हजारभन्दा बढीको मृत्यु

करिव पाँच महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा २५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ४९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २५ हजार ५९८ पुगेको छ ।

एकै दिन १९ हजार ४६१ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ४ लाख ११ हजार ८२१ पुगेको छ ।

२ लाख १९ हजार ५७६ जनाको उपचार भइरहेको छ भने १ लाख ६६ हजार ६४७ जना संक्रमण मुक्त भएका छन् ।