अमेरिकामा कोरोना भाइरसले १ लाख २ हजारभन्दा बढीको मृत्यु

अमेरिकामा कोरोना भाइरसले १ लाख २ हजारभन्दा बढीको मृत्यु

करिव ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख २ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ५१९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख २ हजार ९१ पुगेको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार ४०० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १७ लाख ४५ हजार ६५७ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ४ लाख ८८ हजार ४३३ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ५५ हजार १२९ जनामध्ये १७ हजार १६२ जनाको अवस्था गम्भीर रहेको छ ।