नेपाल र भारतबीचको सीमा विवादका कारण दुई देशका ह्याकरबीच साइबर आक्रमणको होडबाजी चलिरहेको बेला दुई नेपाली नायिकाको नक्कली पोर्न भिडियो सार्वजनिक भएको छ।
केही अघि बिबाह बन्धनमा बाँधिएका दुई नायिकाका एक पोर्न साइटमा फेक पोर्न भिडियो सार्वजनिक भएसँगै नेपाली कलाक्षेत्रमा आतंक मच्चिएको छ। पोर्न कलाकारको शरीरमा नेपाली नायिकाको टाउको जोडेको फेक भिडियो सार्वजनिक भएको हो। यी फेक भिडियो सार्वजनिक भएसँगै एक दर्जन अन्य नायिकाको यस किसिमको नक्कली पोर्न भिडियो सार्वजनिक गरिने तयारी भएको हल्ला फैलिएपछि कलाक्षेत्रमा आतंक मच्चिएको छ।
एक नायिकापछि अर्की नायिकाको नक्कली पोर्न भिडियो सोमबार सार्वजनिक भएको हो। एक नायिकाको दुई फेक भिडियो सो साइटमा अपलोड गरिएको छ भने अर्की नायिकाको पाँच फेक भिडियो अपलोड गरिएको छ।
भिडियोसम्बन्धी जानकारी नभएका सामान्य मानिसले पनि तीे फेक पोर्न भिडियोमा ती नायिकाका टाउको जोडिएको सजिलै पत्ता लगाउन सक्छन्।साइटको नाममै फेक ९नक्कली० जोडिएको सो पोर्न साइटमा पोर्न कलाकारका साथमा हलिउ र बलिउडका नायिकाहरुको समेत डीपफेक पोर्न भिडियो राखिएको छ। सरकारले नेपालमा पोर्न साइट बन्द गरेको छ।
यसैबीच नेपाल चलचित्र कलाकार संघले एक विज्ञप्ति जारी गर्दै यस सम्बन्धमा संघको ध्यान आकृष्ट भएको जनाएको छ। संघका उपाध्यक्ष एवं प्रवत्ता मोहन निरौलाद्धारा जारी विज्ञप्तिमा यो असामाजिक एवं निन्दनीय अपराधिक कार्यको घोर निन्दा गर्दै यस्ता कार्य गर्नेलाई कानुनी कार्बाही मात्र हैन सामाजिक बहिष्कार गर्न पनि अनुरोध गरिएको छ।
यस्तो अपराधिक कार्यको बिरूद्ध एक्लाएक्लै नभई सामुहिक,संगठित र संस्थागत रूपमा लड़ने प्रतिबद्धता संघले जनाएको छ। यो अपराधिक कार्यको बिरूद्धमा कानुनी कार्बाहीका लागी संघले पहल गरिसकेको विज्ञप्तिमा जनाइएको छ। सघका अध्यक्ष रवीन्द्र खड्काले यस विरुद्ध आज मंगलबार साइबर क्राइम ब्राञ्चलाई गुहारिने बताए।