कञ्चनपुरमा क्वारेन्टिनस्थलमा मृत्यु भएका वडाध्यक्षको कोरोना रिपोर्ट आयो

कञ्चनपुरमा क्वारेन्टिनस्थलमा मृत्यु भएका वडाध्यक्षको कोरोना रिपोर्ट आयो

धनगढी : कञ्चनपुरमा क्वारेन्टिनस्थलमा मृत्यु भएका कृष्णपुर नगरपालिका ७ का वडाध्यक्षको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले मृतकको पिसिआर परीक्षणमा कोरोना नदेखिएको जानकारी दिए ।

वडाध्यक्ष कल्लु राना गएराति खाना खाएर नयाँ क्वारेन्टाइन हेर्न जाने क्रममा एक्कासी कुर्सीबाट ढलेका थिए । त्यसपछि उनलाई तुरुन्त धनगढीस्थित सेती प्रादेशिक अस्पताल र्पुयाइएको थियो ।

तर अस्पतालले उनको बाटोमै मृत्यु भएको जनाएको छ । क्वारेन्टिन व्यवस्थापनमा खटिएकाले मृतकको कोरोना परीक्षण गरिएको हो ।