धनगढी : सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट नेगिटिभ आएको छ । गौरीगंगा नगरपालिका ७ का ५५ वर्षीय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।
कैलालीको गौरीगंगा नगरपालिका ७ निवासी ती पुरुष भारतबाट मंगलबार आएका थिए । नाकामै जाँच गर्दा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सिधै सेती अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।
उनमा मृगी (चक्कर लाग्ने र मुखबाट फिज आउने समस्या) रहेको अस्पतालले जनाएको छ । केही बेरपछि शब परिवारलाई जिम्मा लगाउने अस्पतालको तयारी छ ।